नेभिगेशन
सुरक्षा अपडेट

टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

रोल्पा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

रोल्पाको माडी गाउँपालिका-४ चुकबोटबाट माडी गाउँपालिका-२ घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घर्तीगाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा टिपर चालक निजगढ-५बाराका ३६ वर्षीय जिते कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। रोल्पा प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्