काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित विभिन्नस्थानबाट २० जनालाई पक्राउ गरेको छ।
जसअन्तर्गत प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित होटल ग्रिष्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ५७ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-३ पुरान चोक घर भई हाल काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने ४० वर्षीय दिपक राय समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा अवैध लागूऔषध खरीद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २८ वर्षीय संजिव जिमि र २४ वर्षीय अभिषेक तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगरपालिका-५ यातायात कार्यालय पछाडि सडक छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश २ किलो १ सय ७५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-८ नवदुर्गा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय भक्त राज जोशी समेत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय करण नेपाली र २४ वर्षीय बाजी आउजी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहाको सिरहा नगरपालिका-१७ कालिन्चोक चेकप्वाईन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका-१ बस्ने ४३ वर्षीय सत्यन्द्र पंजियार र मिर्चैया नगरपालिका-६ बस्ने २० वर्षीय सरोज कुमार साह रहेका छन् । इलाका प्रहरी कार्यालय माडर सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ४३३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-१ बस्ने २९ वर्षीय दिपक थापालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिका बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको डुडुवा गाउँपालिका-५ कम्दी बालापुर बस्ने ३७ वर्षीय राम चरण बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २४ ग्राम ७ सय ६० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१५ डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका-७ कुमाल गाउँ घर भएका २६ वर्षीय सुवास विक, उनकै श्रीमती २६ वर्षीया सुनिता घर्ती र सोही उपमहानगरपालिका-१४ भेटनरी टोल बस्ने २४ वर्षीया सोनु विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरू बस्ने कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५० मिलिग्राम सहित ईटहरी उपमहानगरपालिका-४ मनकामना टोल बस्ने २७ वर्षीय सुरज कुमार ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।