नेभिगेशन
सुरक्षा अपडेट

कैलालीमा विष सेवन गरेका आमा-छोरीको मृत्यु

काठमाडौं । आमा-छोरी विष सेवन गरेको अवस्थामा मृत फेला परेका छन् ।

कैलालीको कैलारी गाउँपालिका-२ का ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरी बीस सेवन गरेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएका थिए। प्रहरीले दिएको जानकारी अनुसार विष सेवन गरेर गम्भीर अवस्थामा उनीहरुलाई छोराले जिल्ला अस्पताल कैलाली पुर्याएका थिए।

तर उनीहरुको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले आमा-छोरी मृत्यु घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्