नेभिगेशन
नेपाल प्रहरी

युएई पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्