नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित ५९ वर्षीय मन बहादुर पक्राउ

कास्की। प्रहरीले भरुवा बन्दुकसहित ५९ वर्षीय मन बहादुर बिकलाई पक्राउ गरेको छ। 

कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय बिकलाई भरूवा दुई थान बन्दुक र बारूद सहित पक्राउ गरेको  प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्