नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरीकी महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत हुन् ।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिककी इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकको एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । तर प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टर विरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्