नेभिगेशन
नेपाल प्रहरी

अवैध रुपले सुन चाँदीको कारोबारमा संलग्न ४ भारतीय पक्राउ, पौने ११ लाख नगद पनि बरामद

काठमाडौ। प्रहरीले अवैध सुनचाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा  भारतको महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।  

काठमाडौं महानगरपालिका-२४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याईएको सुन र चाँदीको कारोबाट भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेका सुनका टुक्राहरु २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम,  ५ किलो  ६ सय ग्राम चाँदी र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्