नेभिगेशन
सुरक्षा अपडेट

यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

बनेपा  । काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा १७ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको बीपी अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर १० सारदा बतासेमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको बसमा २४ जना यात्रु सवार थिए । उनीहरुमध्ये १७ जना घाइते भएका छन् ।सबैलाई उपचारका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घाइतेमध्ये चालक र सहचालकको अवस्था गम्भीर रहेको बताइएको छ । 

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्