नेभिगेशन
ट्राफिक प्रहरी

चोरीको मोटरसाइकलसहित तीन जना युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ।उपत्यका ट्राफिक प्रहरी कारबाहीले गरेको छड्के

ट्राफिक प्रहरीले  सर्लाहीको चक्रघट्टा  गाउँपालिका- १  घर भएर हाल काठमाडौँको जोरपाटी बस्ने १८ वर्षीय  रवि कुमार  चौधरी, पाल्पास्थित तानसेन  नगरपालिका- ६ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने १९ वर्षीय  मनिष थापा  मगर  र सिन्धुपाल्चोकको ईन्द्रवती  गाउँपालिका-१ घर भई हाल काठमाडौँको  नयाँपाटी  बस्ने २० वर्षीय  विशाल  तामाङलाई पक्राउ गरेको जानकारी दिएको छ।

ट्राफिक प्रहरीका अनुसार  वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको  मोटरसाइकलको नम्बर  प्लेट परिवर्तन गरी बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा रवि चौधरीलाई काठमाडौँस्थित  चाबहिल गंगाहिटीमा चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी गरिएको र उक्त मोटरसाइकल विशाल तामाङले दिएको भनी जानकारी  गराउनसाथ तामाङलाई पनि काठमाडौँको जोरपाटी नयाँ बस्तीबाट नियन्त्रणमा लिइएको थियो।

ट्राफिक प्रहरीले मोटरसाइकलको पछाडि सवार मनिष थापा मगरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त  मोटरसाइकल  काठमाडौँको  नरेफाँटबाट  हराएको भनी नरेफाँट  बस्ने  सोनु  कारकले  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका  थिए   ।

मंगलबार साँझ पक्राउ परेका  तीनै  जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्