नेभिगेशन
सुरक्षा अपडेट

मन्दिरमा पानी लिएर जाँदै गरेको ट्याङ्कर दुर्घटना, दुई जनाको मृत्यु हुँदा दुईको अवस्था गम्भीर

काठमाडौं । मन्दिरका लागि पानी लिएर जाँदै गरेको  ट्याङ्कर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

धादिङको गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित  आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको  बा.प्र ०१-००४ क ३३५२ नम्बरको पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा धादिङजो गुजुरी-६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही स्थानका २० वर्षीय जयराम चेपाङ हुन् । उनीहरु दुबै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी, पानी ट्याङ्कर दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र सोही स्थानका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्