नेभिगेशन
नेपाल प्रहरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

बझाङ। प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्याय रहेको प्रहरीले जनाएको छ।

विवेकले ती बालिकालाई बलात्कार  गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्