नेभिगेशन
सशस्त्र प्रहरी

बाँकेको नरैनापुर गाउँपालिकाबाट क्विन्टल बढी कुखुरा बरामद, डेढ लाखको कपडा नियन्त्रणमा

नरैनापुर,बाँके बाँकेको नरैनापुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले १ क्विन्टल बढी  बोइलर कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल गंगापुर बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको कमान्डमा गएको टोलीले नरैनापुर-६ गंगापुर कुरुवा घाटबाट एक क्विन्टल बढी कुखुरा बरामद गरेको सशस्त्र प्रहरी बल नं .३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। 

मोटरसाइकलमा राखेर भारतबाट ल्याइएको उक्त एक क्विन्टल कुखुरालाई सशस्त्र प्रहरी निरीक्षक भण्डारीको टोलीले आज बिहान बरामद गर्ने क्रममा चालक फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका कुखुरालाई स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीको रोहबरमा आजै गाडेर नष्ट गरिएको सशस्त्र प्रहरी बल बाँकेले जानकारी दिएको छ भने नियन्त्रणमा लिइएको मोटरसाइकललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ।

त्यस्तै सशस्त्र प्रहरीको गंगापुर बिओपी मातहत रहेको राप्तीसोनारी-६ फत्तेपुर कुन्डा चोकस्थित अपर पोष्ट नजिकबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारी र अपर पोष्टका सहायक निरीक्षक नेत्र बहादुर थापाको संयुक्तको टोलीले अवैध रुपले ल्याइएको डेढ लाख रुपैयाँ बराबरको कपडा र कस्मेटिक आइटमका सामाग्री बरामद गरेर नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्