नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको भन्सार चोकबाट ठुलो परिमाणमा ट्रामाडोलसहित दुई भारतीय र एक नेपाली पक्राउ

नेपालगन्ज नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय जयसपुरले ठुलो परिमाणमा प्रतिवन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ। 

जयसपुर प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक निरज सिंहको कमान्डमा खटिएको टोलीले  शनिबार साँझ नेपालगन्ज-१६ भन्सार चोकबाट ५ हजार ट्याब्लेट प्रतिवन्धित औषधि ट्रामाडोलसहित सोही वडाका २४ वर्षीय नफिस कबडिया, ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

भारतको रुपइडिहातर्फबाट नेपालगन्ज आउँदै गरेको अवस्थामा  युपी ४० आर ७१४५ नम्बरको भारतीय  मोटरसाइकलमा सवार उनीहरु तीनै जनालाई शंका लागेर चेक जाँच गर्ने क्रममा नायब निरीक्षकको टोलीले उक्त परिमाणमा ट्रामाडोल बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने नफिस नेपालगन्ज-१६ कै स्थानीय हुन् भने जियाउल र भारतको कलकत्ता र सद्दाम भारतकै जागोर  घर भएर हाल नेपालगन्ज-१०स्थित ट्राफिक चोकमा बस्दै आएका थिए। पक्राउ परेका उनीहरु लागुऔषध तथा प्रतिवन्धित औषधिको कारोबारी भएको अनुमान गरिएको छ।

उनीहरु तीनै जनालाई बरामद गरिएको ट्रामाडोलसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा लगेर थप अनुसन्धान अगाडि बढाइएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्