नेभिगेशन
नेपाल प्रहरी

१६ वर्षीया किशोरी र ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले १६ वर्षीया किशोरीलाई बलात्कार  गरेको आरोपमा ५८ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा डडेलधुराको आलिताल गाउँपालिका-७ का ५८ वर्षीय भोज बहादुर बोहरा रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार भोज बहादुरले ती किशोरीलाई गत असारमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै प्रहरीले मकवानपुरमा ३६ वर्षीया महिलालाई बलात्कार  गरेको अभियोगमा बागमती गाउँपालिका-२ बस्ने ३७ वर्षीय निर बहादुर पाख्रिनलाई  पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

छुट्टाछुट्टै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्