नेभिगेशन
नेपाल प्रहरी

झडपमा सिंहदरबार वृत्तका डीएसपी पौडेल घाइते, सिभिल अस्पतालमा उपचार हुँदै,१२ जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परेर सिंहदरबार प्रहरी वृत्तका डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

आज स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा घाइते भएका डीएसपी पौडेललाई सिभिल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । 

प्रहरीले बानेश्वरबाट १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष रहेका छन् ।  

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितए निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्