नेभिगेशन
नेपाल प्रहरी

सीमा नाकाबाट झण्डै ५ लाख रुपैयाँको अवैध साडी बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली गरेर ल्याइएको झण्डै ५ लाख रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ।

जिल्लास्थित इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट आज चेकजाँचका क्रममा ४ लाख ९० हजार रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

रुपन्देही प्रहरीका अनुसार बेलहिया प्रहरीले धनुषाको कमला नगरपालिका-८ का ३५ वर्षीय प्रमोद महराले ल्याउदै गरेको ९८ पिस साडी बराबरको ४ लाख ९८ हजार रुपैयासहित उनलाई पनि नियन्त्रणमा लिएको हो।

बरामद गरिएको सबै अवैध कपडा र पक्राउ परेका प्रमोदलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्