नेभिगेशन
सुरक्षा अपडेट

सभामुखका सुरक्षा गार्डको दुर्घटनाका मृत्यु

काठमाडौं सभामुखका सुरक्षा गार्ड (पिएसओ) प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बोहराको दुर्घटनामा मृत्यु भएको छ। 

आज दिउँसो सुदूरपश्चिम प्रदेशस्थित धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका-२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका सई बोहरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 

मृतक सई बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पीएसओ बस्दै आएका थिए।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्