नेभिगेशन
नेपाल प्रहरी

आफ्नै श्रीमतीको हत्या आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडौं आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सिन्धुलीको दुधौली नगरपालिका-८ कछुवाखाडीका २२ वर्षीय युवक दिनेश सदालाई प्रहरीले श्रीमतीको हत्या आरोपमा पक्राउ पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दिनेशले आफ्नै श्रीमती १७ वर्षीया अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार दिनेशले अनिशाको आइतबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो।

सिन्धुली यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्