नेभिगेशन
सुरक्षा अपडेट

एउटै रुखमा पासो लगाएको अवस्थामा महिला-पुरुष मृत भेटिए

काठमाडौं । एउटै डोरीको पासो लगाएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको पासो लगाएको अवस्थामा महिला र पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही स्थानका २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका-२ की जुबामुनी हस्ता  मृत भेटिएका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक दुबै जना विवाहित हुन् । मृतक अजयले जुबानीलाई आइतबार राति आफ्नै घरमा लिएर गएको प्रहरीले जानकारी दिएको छ। त्यसको उनीहरु दुबै जना मृत फेला परेका हुन् ।

जुबानीका पति वैदेशिक रोजगारीका लागि विदेशमा छन् । प्रहरीले उनीहरु दुबै जनालाई आज मृत अवस्थामा फेला पारेको जनाएको छ।

प्रेम सम्बन्धले उनीहरुकै सहमतिमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाउँदै घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्