नेभिगेशन
सशस्त्र प्रहरी

३४ ग्राम ब्राउन सुगर र २२ किलो गाँजासहित ६ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट सशस्त्र प्रहरीले आज चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ वर्षीय रोमश्वर अधिकारी हुन् ।

उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले पक्राउ गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल र क्रेटा गाडी समेत बरामद  ग्रेको छ । सशस्त्र प्रहरीका अनुसार उनीहरुले लागुऔषध ओसारपसारमा प्रयोग गरेको मोटरसाइकल र बा १५ च १७७३ नम्बरको क्रेटा गाडीमा ब्राउन सुगर बोकेर हिँडेका थिए।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजै सशस्त्र प्रहरीले २२ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
थाई एयरवेजको उडानबाट  नेपाल आएका ४० वर्षीय र ३७ वर्षी महिलाले लगेज भित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ किलो. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुलैइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्