नेभिगेशन
सुरक्षा अपडेट

वन्यजन्तुको आक्रमणमा १० जनाको मृत्यु

काठमाडौं वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो। यस आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्। 

निकुञ्जले मृतकका परिवारलाई रु १० लाख र घाइतेको उपचारका लागि रु दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ । हालसम्म रु ९४ लाख ६१  हजार नौ सय ३१  राहतस्वरुप प्रदान गरिएको उहाँले बताउनुभयो ।

राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्