नेभिगेशन
नेपाल प्रहरी

क्रिप्टो करेन्सी कारोबारी प्रहरीबाटै लुटिएको खुलासा, ६ जना पक्राउ

काठमाडौं । क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेका व्यक्तिलाई नै लूट्ने प्रहरी नै रहेको खुल्न आएको छ । काठमाडौं प्रहरी परिसरले क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा प्रहरीसहितको संलग्नता देखिएको जानकारी दिएको छ।

काठमाडौं प्रहरीले  नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी, नेपाल प्रहरीका जवान हिरा मंग्राती र सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसीलाई पक्राउ गरेको हो। प्रहरीले सबैभन्दा पहिला धादिङको खनियावास गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २६ वर्षीय रोशन गुरुङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुले रोशनको साथमा रहेको चौध लाख रुपैयाँ प्रहरीको परिचयपत्र र हतकडी देखाएर लुटपाट भएको उनले प्रहरीसमक्ष बताएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। सो क्रममा अनुसन्धान गर्दै जाँदा प्रहरीका तीन अधिकारीसहित ६ जना व्यक्तिहरू संलग्न देखिन आएको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी नगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भइ हाल विराटनगर–घ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन् ।

उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताए ।

क्रिप्टो कारोबारमा संलग्न गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्