नेभिगेशन
नेपाल प्रहरी

बाँकेको डुडुवाबाट अवैध रुपले नदिजन्य पदार्थको ओसारपसार गर्ने २ वटा टिपर प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार पर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।

आज बिहानै बाँके प्रहरीले डुडुवा गाउँपालिका-५ स्थित मिलन चोकबाट अवैध रुपले नदिजन्य पदार्थ लोड  गरेर आउँदै गरेका दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भे १ क १८१६ र भे १ क १८६१ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्