नेभिगेशन
नेपाल प्रहरी

१५ सय ६० एम्पुल प्रतिवन्धित औषधिसहित श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीले प्रतिवन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको नागार्जुन नगरपालिका- ३ सिंगल ट्रीमा डेरा गरी बस्ने २६ को अर्जुन श्रेष्ठलाई प्रतिवन्धित औषधितसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठको कोठा खानतलासी गर्ने क्रममा ५४० एम्पुल डाइजेपाम,५२० एम्पुल फेनेग्रेन र ५०० एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको थियो।

विशेष सूचना पाएर गएको प्रहरीको टोलीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ का श्रेष्ठलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको काठमाडौं प्रहरीले जनाएको छ। 

पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्