नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरको जुवाखालबाट ११ जना जुवाडे पक्राउ

दाङ । दाङको तुलसीपुरबाट प्रहरीले  ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले एक लाख बढी रकमसहित तुलसीपुर उपमहानगरपालिका-९ स्थित रामनगर टोलका कमल बिक बगालेको घरमा आज साँझपख छापा हानेर प्रहरीले ११ जुवाडे पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार साँझ साढे ४ बजेतिर सुराकका आधारमा पुगेको प्रहरीले जुवामा छापा हानेको थियो ।जुवा खालवाट एक लाख १६ हजार आठ सय नगद र ११ जना जुवाडे पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

पक्राउ परेका जुवाडे बारे थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका अन्य जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्