नेभिगेशन
नेपाल प्रहरी

बलात्कार आरोपमा नेकपा एसका गण्डकी प्रदेश उपाध्यक्ष पक्राउ

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का नेता बलात्कारको आरोपमा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नेकपा एस गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पुर्जीका आधारमा स्याङ्जास्थित पुतलीबजार-१४ का ५१ वर्षीय गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका नेता गिरीलाई जिल्ला प्रहरी कास्कीको जिम्मा लगाइएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका उपाध्यक्ष गिरीलाई जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्