नेभिगेशन
सुरक्षा अपडेट

कार र मोटरसाइकल ठोक्किँदा १९ वर्षीय विद्यार्थीको मृत्यु

काठमाडौं । कार र मोटरसाइकल ठोक्किँदा एक जना विद्यार्थीको मृत्यु भएको छ।

बुटवलबाट जाँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार एक आपसमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँमिलस्थित जनसेवा चोकमा   ठोक्किएको प्रहरीले जानकारी दिएको छ।

कार र मोटरसाइकल ठोक्किँदा गुल्मीको रुरु गाउँपालिका-३ का१९ वर्षीय युवक रोशन परियारको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

मृतक रोशन हाल बुटवल उपमहानगरपालिका-३ स्थित  ट्राफिक चोक बस्दै आएर तिलोत्तमा-५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्