नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी प्रमुख अर्याल र युएन पुलिस कमिश्नरबीच शिष्टाचार भेटघाट

काठमाडौं । सशस्त्र प्रहरी बल प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र संयुक्त राष्ट्र संघतर्फका प्रहरी प्रमुख ( कमिश्नरबीच)  फैसल सहकार र सेलेक्सन तथा रिक्रुटमेन्ट महाशाखा प्रमुख एटा एइनगुनबीच आज शिष्टाचार भेटघाट भएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा आज भएको भेटघाटका क्रममा संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलले प्रधान कार्यालयको समेत अवलोकन गरेको थियो।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा भएको भेटघाटको क्रममा संगठन प्रमुखहरुबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भेटघाट कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख बलका तर्फबाट सशस्त्र प्रहरी बलको परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सशस्त्र प्रहरीको  सहभागिता तथा अन्तर्राष्ट्रिय समन्वय तथा कार्यको विषयमा जानकारी गराइएको थियो।    संयुक्त राष्ट्र संघको प्रतिनिधि मण्डलले सशस्त्र प्रहरी प्रधान कार्यालयमा राखिएका कुरा तथा जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा सशस्त्र प्रहरीको सहभागिता लगायतमा  सहकार्य गरिने बताएका थिए । 

शिष्टाचार भेटघाट कार्यक्रममा  सशस्त्र प्रहरी प्रमुखसहित सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, बंशी दाहाल लगायत उच्च सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्