नेभिगेशन
ट्राफिक प्रहरी

मापसे चेकिङलाई छलेर भागेको सरकारी गाडीसहित अत्यधिक मापसे गरेका चालक पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीको चेकिङलाई छलेर भाग्न खोजेको सरकारी गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको कोटेश्वरमा गए रातिको ट्राफिक प्रहरीले गरेको मापसे चेकिङलाई छलेर भाग्ने क्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको बा२ झ २३७८ नम्बरको  गाडी दुर्घटना परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चेकिङ छलेर भागेको गाडी चालकलाई पछ्याएर पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गाडी चालक सुवास थापालाई पक्राउ गरिएको हो।

प्रहरीले गाडी चालक सुवासलाई पछ्याउँदै नरेफाँट नजिक मनोहरा पुलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका चालकलाई स्वास्थ्य जाँच गर्दा उनले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

मापसे चेकिङ छलेर भाग्ने क्रममा उक्त सरकारी गाडीले एउटा मोटसाइकललाई ठक्कर दिएर क्षति पुर्याएको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्