नेभिगेशन
नेपाल प्रहरी

श्रीमानको इँटा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु, सत्यनारायण पक्राउ

काठमाडौं ।  प्रहरीले एक युवकलाई आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ गरेको छ। महोत्तरीमा श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको आरोपमा औरही नगरपालिका-७ भोईलका ३२ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। 

प्रहरीका अनुसार सत्यनारायणले बलवा नगरपालिका-५ मनसिस्वा टोलमा गए राति इँटा प्रहार गरेर सुधीरा देवीको हत्या गारेका थिए। सुधीराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

हत्या गरेर फरार भएका सत्यनारायणलाई आज बिहान इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

महोत्तरी प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्