नेभिगेशन
नेपाल प्रहरी

श्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँँसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको झन्डै २९ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। कपिलवस्तु प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरुलाई कपिलबस्तुको एउटा फेन्सी पसलबाट नियन्त्रणमा लिएको हो।

कपिलबस्तु प्रहरीले अर्घाखाँचीको सन्धिखर्च नगरपालिका -५ का ३० बर्षीय गोबिन्द बिक, कपिलबस्तुको मायादेबी गाउँपािलका -८ का ३८ बर्षीय सोमनाथ कसौधन, कपिलबस्तुको कपिलबस्तु नगरपालिका- ११ का ४२ बर्षीय शेषमणि गिरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका - १६ का ४१ बर्षीय वशन्त खरेललाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकामध्ये बिकको साथवाट भारतिय रुपैयाँ ५०० का १८०० थान, कुल भारतिय रुपैयाँ ९ लाख, नेपाली रुपैंया १४ लाख र कसौधनको साथबाट नेपाली रुपैयाँ १००० का नोटहरु १२९४ थान, नेपाली रुपैयाँ ५०० का नोटहरु ३१२ थानसमेत गरि कुल २८  लाख ९० हजार बरामद भएको हो ।

अन्य दुई जना गिरी र खरेल उनीहरु संगै साथमा रहेको हुँदा यिन्त्रणमा लिइएको थियो ।

कपिलबस्तुको वाणगंगा नगरपालिका- ४ जितपुर ४ नम्बर चोकमा रहेको केसी फेन्सी स्टोरमा स्रोत नखुलेको भारतिय नोटको कारोबार हुँदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले  उनीहरुलाई पक्राउ परेको थियो।

बरामद भएको रकमसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्