नेभिगेशन
अदालत

जेलमा रहेका दीपक मनाङेको सजायमा २० प्रतिशत छुट

काठमाडौं। जेलमा रहेका गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) को सजायमा २० प्रतिशत छुट भएको छ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर जेल पठाइएका प्रदेश सभा सदस्य मनाङेलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।  

मनाङेले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए । मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।  

मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ ९क० अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।

सजाय छुटपश्चात अब मनाङेले जेलम १ वर्ष ४ महिना कैद  भुक्तान गर्नुपर्ने भएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्