नेभिगेशन
नेपाल प्रहरी

एक युवतीलाई बलात्कार गरेको आरोप ७ जना पक्राउ

काठमाडौं प्रहरीले सामुहिक बलात्कार गरेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक युवतीलाई बलात्कार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीले उनीहरुलाई हेटौंडा उपमहानगरपालिका-७ बाट पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरु १८ वर्ष मुनीका किशोरहरु रहेका छन्।

मकवानपुर प्रहरीका अनुसार उनीहरुले हेटौँडा उपमहानगरपालिका- २ स्थित वनस्खण्डी मन्दिर माथिको जङ्गलमा एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो।

पीडित युवतीले दिएको उजुरीका आधारमा फागुन २२ गते मकवानपुर प्रहरीले उनीहरुमध्ये ५ र २३ गते २ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरुविरुद्ध जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्