नेभिगेशन
सशस्त्र प्रहरी

सशस्त्र प्रहरी परिवार महिला संघको २ दिने नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अस्पतालमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यतामा सुरु भएको दुई दिने स्वास्थ्य शिविरलाई चाइना मेडिकल टिमले प्राविधिक सहयोग गरेको सशस्त्र प्रहरीले जनाएको छ।

आजदेखि सुरु भएको शिविरमा महिला संघका तर्फबाट अस्पतालमा रहेका सयौं बिरामीहरुलाई फलफूल वितरण गरिएको हो। 

नि:शुल्क शिविरमा विभिन्न किसिमका ओपिडी सेवा अन्तर्गतका सेवा दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्