नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकलको ठक्करबाट ६४ वर्षीय मानबहादुरको मृत्यु

काठमाडौं  मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं १४ गोरसदीका ६४ बर्षीय मानबहादुर कार्की रहेका छन् ।

घरको पिँढीमा बसेर खाना खाइरहेका उनलाई लु१८प ७४ नम्बरको मोटरसाइकलले आज बिहान ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका वडा नं ३ का १८ बर्षीय सुमन महतो गम्भीर घाइते भएका छन् । उनको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्