नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल दुर्घटनामा कांग्रेस नेता पौडेलको मृत्यु

काठमाडौं  । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा गए राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस  जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए । रासस।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्