नेभिगेशन
विपद

विपद् व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्छौ: गृहमन्त्री लेखक

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको गृहमन्त्री रमेश लेखकले  बताएका छन् ।

सरकारद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण’ कार्यक्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नीति, निर्देशन र स्वामित्वमा रहेको अधिकारलाई हस्तान्तरण गरिएको बताए । अब विपद् पर्दा केन्द्रमा सोध्नु नपर्ने र त्यसको व्यवस्थापन प्रदेश सरकार आफैँले गर्नेगरी अधिकार हस्तान्तरण गरिएको उनले जनाए । 

उनले भने, “सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर आपत्कालीन गोदामघर सातवटै प्रदेशमा व्यवस्था गरेको छ, जनताको नजिकको सरकार स्थानीय तह भएकाले त्यहाँ पनि आपतकालीन गोदामघर निर्माण गर्ने व्यवस्था मिलाउँछौँ, प्राधिकरणसहित प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय परिषद् र आफ्नो संयोजकत्वको कार्यकारी समितिले जोखिम न्यूनीकरणमा संवेदनशील भएर काम गरेको छ ।”

गृहमन्त्री लेखकका अनुसार डोटी, बझाङ, बाजुरा र जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त संरचनाको विवरणअनुसार पुनःनिर्माण र पुनःस्थापनका कार्यलाई अगाडि बढाइएको छ । जाजरकोटमा प्राधिकरणको संरचना र त्यहाँको अवस्था बुझ्न उनी त्यसतर्फ लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्