नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित विभिन्न स्थानबाट ७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ। जसअन्तर्गत प्रहरीले इलामको इलाम नगरपालिका-९ सेराबाट ३ सय ८० मिलिग्राम  ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम नगरपलिका-१२ साङरूम्बा बस्ने २२ वर्षीय रोशन लिम्बु र २२ वर्षीय मनिष राई रहेका छन् । जिल्ला प्रहरी कार्यलय इलामबाट खटिएको प्रहरीले झापाबाट इलामतर्फ आँउदै गरेको मे१ च ४५२५ नम्बरको पिकअप गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयए जानकारी दिएको छ।

त्यस्तै प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँ ठाडो बाटोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही ठाँउ बस्ने काभ्रे घर भएका २१ वर्षीय सुशिल बिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका-८ देबकोटबाट २ किलो ५३० ग्राम अफिम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राज कुमार तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले देबकोटबाट मेनरोडतर्फ आँउदै गरेको ग६ प ४५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले पर्सास्थित वीरगंज महानगरपालिका-१५ ब्रहमचोकबाट ६ किलो ५९० ग्राम चरेश र दुई मोबाइल  सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-२ भवानीपुर घर भएका २३ वर्षीय लडु राम, पर्सा बिन्दवास्नी गाउँपालिका-३ का ३५ वर्षीय सरोज साह र वीरगंज महानगरपालिका-११ बस्ने २३ वर्षीय रवी चौधरी रहेका छन् । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाहरुसँग थप  अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्