नेभिगेशन
इन्टरपोल

बलात्कार मुद्दाका फरार प्रतिवादी इन्टरपोलको सहयोगमा पक्राउ

काठमाडौं।  जबरजस्ती करणी (बलात्कार) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरेर नेपाल ल्याइएको छ। इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी रहेका छन् ।  बुढाथोकीलाई एनसिबी काठमाडौंको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बलात्कार मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले  २०२५  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी गरेको थियो ।

पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको प्रहरी प्रधान कार्यालय जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्