नेभिगेशन
सुरक्षा अपडेट

ट्याक्टर दुर्घटनामा बुवाको घटनास्थलमै मृत्यु,१२ वर्षीय छोरा घाइते

काठमाडौं । ट्याक्टर दुर्घटना बुवाको मृत्यु हुँदा छोरा घाइते भएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका-५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा ३२ वर्षीय ट्याक्टर चालक पदम रावतको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना उनका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। प्रहरीका अनुसार गए राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर कच्ची सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। 

मृतक पदम बुढिगंगा नगरपालिका-४ खोलालवाडाका स्थानीयवासी हुन् । प्रहरीले दिएको जानकारी अनुसार ट्याक्टरको ट्रालीमुनि च्यापिएर पदमको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले दुर्घटनाग्रस्त ट्याक्टरबाट दुई जनाको सकुशल उद्धार गरेको जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्