नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

युएईमा मापसे गरेर झगडा र हो-हल्ला गर्ने नेपालीलाई पक्राउ गरेर नेपाल फिर्ता पठाइँदै

काठमाडौं । युएईमा रहेको नेपाली राजदूतावासले त्यहा रहेका नेपालीलाई मादक पदार्थ सेवन गरेर झै-झगडा र हो-हल्ला नगर्न सचेत गराएको छ।

युएई प्रहरीले मापसे गरेर झगडा र हो-हल्ला गर्ने नेपालीहरुलाई पक्राउ गरी आबश्यक कारबाही गर्दै नेपाल पठाइरहेको जानकार गराउँदै नेपाली राजदुतावासले समयमै सचेत रहन युएईमा रहेका नेपालीलाई आग्रह गरेको हो।

युएईमा नेपालीहरुले मापसे गरेर झै-झगडा जस्ता गलत क्रियाकलाप गरेको बढेको पाइएपछि युएई प्रहरीले त्यस्ता गलत कार्यमा संलग्नलाई धमाधम कारबाही गर्दै नेपाल पठाइरहेको राजदूतावासले जनाएको छ।

राजदूतावासले भनेको छ- "युएईमा रहदा यहाँको ऐन, कानून, नियम र मूल्य मान्यताको पूर्ण पालना गरी सोही अनुरुप आचरण र व्यवहार गर्नुहुन र कानूनीरुपमा निषेध गरिएका क्रियाकलापहरुमा संलग्न नहुन, ट्राफिक नियमको पालना गर्न, साथै आफ्नो ईमिरेट्स परिचय पत्र सधै साथमा लिएर हिड्नु हुन समेत यूएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध छ।"

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्