नेभिगेशन
नेपाल प्रहरी

अनुमति नलिएर आरोपी पक्राउ गर्न काठमाडौं आएको भारतीय प्रहरीको टोली नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं   नेपाल प्रहरीसँग अनुमति नलिएर भारतबाट नेपालमा भारतीय आरोपीलाई पक्राउ गर्न आएको भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको पञ्जाबबाट आरोपीलाई पक्राउ गर्न आइपुगेको भारतीय प्रहरीको ७ जना टोलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठमेलबाट पक्राउ गरेको हो। उनीहरुलाई अनुमति नलिएर पक्राउ गर्न आएको आरोपमा पक्राउ गरिएको हो।

फागुन १२ गते पञ्जाबबाट आएर ठमेलको होटेलमा बसेका उनीहरुलाई सोही होटेलबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

नेपाल प्रहरीसँग अनुमति नलिएर आएको आरोपमा पक्राउ परेका उनीहरुलाई प्रहरीले भारतीय राजदूतावासलाई बुझाएको जनाएको छ।  भारतीय दूतावासको जिम्मा लगाइएका सबैलाई हवाई मार्गबाट भारत पठाएको बताइएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्