नेभिगेशन
नेपाल प्रहरी

दाङमा ३० किलो बढी चरेससहित ३ जना लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

नेपालगन्ज । दाङको घोराहीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ। 

बाँकेबाट गएको लागुऔषध नियन्त्रण  ब्यूरो नेपालगन्ज शाखा कार्यालयको टोलीले ३० किलो १५४ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुम पूर्वस्थित भूमे गाउँपालिकाका ६४ वर्षीय जुन बहापुर पुन, सोही गाउँपालिकाकै ४४ वर्षीय फर्ण बहादुर घर्ती र ५३ वर्षीय रुप धन धर्ती रहेका छन् ।

लागुऔषधको कारोबार हुँदै गरेको भन्ने विशेष सूचना पाएर गएको लागुऔषध ब्यूरो नेपालगन्जको टोलीले उनीहरुलाई घोराही उपमहानगरपालिका-१२ बार्हकुने दह नजिकबाट आज दिउँसो साढे ४ बजे पक्राउ गरेको हो।

विक्री गर्नका लागि पलास्टिका पोकामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध नेपालगन्जको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको हो।

पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर दाङ प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्