नेभिगेशन
सुरक्षा अपडेट

विद्युत प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक जना पक्राउ , अन्यको खोजी जारी

कैलाली  विद्युत प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार भएको छ। कैलालीस्थित विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत कर्मचारी सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार भएको छ।

उनीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही रहेका छन।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार शाहीलाई सोमबार गोदावरी नगरपालिकाको गेटा क्षेत्रबाट पक्राउ गरिएको हो।  उनलाई अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

कैलाली प्रहरीका अनुसार कर्मचारी चौधरीमाथि २२ फागुनमा कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहार गरेको अभियोगमा शाहीसहितका केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

प्रहरीले शाहीलाई पक्राउ परेपनि अन्य आक्रमणकारीको खोजी भइरहेको जानकारी दिदै खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको जानकारी दिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्