नेभिगेशन
सुरक्षा अपडेट

रुस-युक्रेन युद्धमा मारिए रोल्पाका पूर्व वडाध्यक्ष तिर्थबहादुर

काठमाडौं । रुस-युक्रेन युद्धमा रोल्पाका तिर्खबहादुर बुढाथोकी मारिएका छन् । रोल्पास्थित सुनछहरी गाउँपालिका-५ जैमाकसलाका ४४ बर्षीय तिर्थबहादुरको रुस -युक्रेन युद्धमा मृत्यु भएको हो ।

वि.स.ं२०७४ सालको स्थानीय तहको निर्वाचनमा तिर्खबहादुर नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएपनि पराजित भएका थिए । पराजित भएपछि उनी २०८० असोजमा रसिया सेनामा भर्ना हुन गएका थिए ।

मृत्युको खबर पछि परिवारले सोमबारदेखि काजकिरिया सुरु गरेको दाजु नाता पर्ने दुर्गा बुढाथोकीले जानकारी दिए ।तिर्खबहादुरका एक छोरा र छोरी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्