नेभिगेशन
ट्राफिक प्रहरी

चोरीको मोटरसाइकलसहित २० वर्षीय युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कारबाहीले गरेको छड्के चेकिङमा काठमाण्डौ महानगरपालिका-१० बुद्धनगरबाट स्याङ्जाको चापाकोट नगरपालिका-९ निर्दिमका २० वर्षीय विराट पंज्ञानीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका एसपी दीपक गिरीले जानकारी दिएका छन् ।

एसपी गिरीका अनुसार विराटलाई शंकास्पद रुपले चलाउदै गरेको प्रदेश ३-०२-०३० प १७ २७  नम्बरको सेतो एनएस पल्सर मोटरसाइकलसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो। ट्राफिक प्रहरीले नियन्त्रण लिएको मोटरसाइकल र पक्राउ परेका विराटलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर लालितपुर पठाइएको एसपी गिरीले बताए। उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०३५ प २६ ३९ रहेको छ।

नियन्त्रणमा लिइएको उक्त मोटरसाइकल फागुन १  गते  ललितपुर महानगरपालिका-२० छावहाल नटोलबाट चोरी भएको थियो। मोटरसाइकल चोरी भए लगत्तै पाँचथरको फिदिम नगरपालिका-७ का शिवाक्ष राईले उपत्यका  ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

निवेदन पश्चात् खोजतलास गर्ने क्रममा ट्राफिक प्रहरीले उक्त मोटरसाइकलसहित विराटलाई पक्राउ गरेको एसपी गिरीले जानकारी दिएका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्