नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित तीन जना सुर्खेत प्रहरीको नियन्त्रणमा

सुर्खेत प्रहरीले सुर्खेतबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर-९ का २३ वर्षीय भरत विक, सोही नगरपालिकाको वडा नम्बर १ का  २० वर्षीय संजय टमटा र  कालिकोटको कालिकोट पलता गाउँपालिका-५ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-८ बस्दै आएका २७ वर्षीय नविन बम रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १ सय ३० मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधि १६० ट्याब्लेट नाइट्रेजेपाम र १०  ट्याब्लेट ट्रामाडोल बरामद गरिएको थियो।

सुर्खेत प्रहरीले फागुन २६ गते राति पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जानकारी दिएकोछ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्