नेभिगेशन
सुरक्षा अपडेट

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, ४ महिला घाइते

हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु हुँदा ४ जना घाइते भएका छन् ।

जिल्लाको सर्केगाड गाउँपालिका-८ ढाडकोटमामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्केगाड गाउँपालिका-७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुम्ला प्रहरीका अनुसार नेत्रकलाको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै घाइते हुनेहरुमा २५ वर्षदेखि २८ वर्ष उमेर समूहका सर्केगाड गाउँपालिका-७ कै तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी रहेका छन् । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्