नेभिगेशन
नेपाल प्रहरी

गेष्ट हाउसको जुवाखालबाट लाखौं रुपैयाँसहित ७ जुवाडे पक्राउ

काठमाडौं। प्रहरीले जुवाखालबाट ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ। 

काठमाडौं महानरपालिका-२६ मित्रनगरबाट रूकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय संजय कुमार कठायतको लाईभ ईन गेष्ट हाउसमा  जुवातास खेलिरहेको अवस्थामा होटल संचालक संजय समेत ७ जनालाई  प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रूपैयाँ र तास सहित पक्राउ गरेको हो ।

मंगलबार राति पक्राउ परेका उनीहरूविरुद्ध जुवाऐन अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्