नेभिगेशन
नेपाल प्रहरी

नक्कली नोट कारोबार गर्ने गिरोहका ५ जना पक्राउ, बरामद भयो लाखौं रुपैयाँ बराबरका नक्कली नोट

काठमाडौं प्रहरीले नक्कली नोट कारोबारमा संलग्न गिरोहका ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलङ्गवाबाट नक्कली नोट कारोबार गर्ने गिरोहका एक युवतीसहित ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार जिल्ला सदरमुकामस्थित  मलङ्गवा नगरपालिका-८ गोरखाली नाकाबाट  रौतहटको गढीमाई नगरपालिका-९ चिलमिकियाका ५६ वर्षीय रामनारायण सहनी,महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भनेर चिनिने सुल्तान मन्सुर, सर्लाहीस्थित धनकौल गाउँपालिका-७ बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीकै ब्रह्मपुरी गाउँपालिका-२ का ५० वर्षीय रामपृत सहनी र सोही स्थानकै ३५ वर्षीया सिहानता कुमारी देवीलाई पक्राउ गरेको हो।

नक्कली नोटको कारोबार हुँदै गरेको भन्ने विशेष सूचना पाएर गएको सर्लाही प्रहरीको टोलीले उनीहरुलाई तीन वटा मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

कार्टुनमा प्याक गरेर मोटरसाइकलमा राखेर ल्याइएको एक हजार दरका ८८ थान बन्डलमा राखिएको १ लाख ७६ हजार नेपाली नक्कली रुपैयाँ नोट प्रहरीले बरामद गरेको थियो। प्रहरीले नोटसहित नक्कली रुपैयाँ बनाउन प्रयोग हुने सादा कागज समेत बरामद गरेको जनाएको छ। उनीहरु सवार , बा. ४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० ए ३९४९ नम्बरका भारती नम्बर प्लेटको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ

नक्कली नोटसहित पक्राउ परेका ५ जनालाई जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्